आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

मौसम सम्वन्धि खबर : कतै बादल तथा कतै हल्का वर्षा र हिमपात

२०८२ माघ ११, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -११ माघ । बिबियु

हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी,मधेस र बागमती प्रदेशसहितको अधिकांश पहाड र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ।

आइतबार दिउँसो उच्च पहाडी तथा हिमाली भागमा सामान्यतया बादल लाग्ने र अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ भने पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहान पख हुस्सु लाग्ने छ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस