आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

दाङमा कार्यरत एक प्रहरी जवान हरि जिसी मृत भेटिए

२०८२ माघ ११, आईतबार मा प्रकाशित ( २ महिना अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दाङ- ११ माघ ।

दाङ प्रहरीमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने प्रहरी जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा झुन्डिएको अवस्थामा आज मृत फेला परेका हुन्।

प्रहरी जिसीका बुवा बिरामी भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयुमा उपचाररत रहेको दाङका प्रहरी प्रमुख (एसपी) दीपक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हालसम्म घटनाको कारण खुल्न सकेको छैन । उनको मृत्युको सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस