
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -१३ माघ ।
हिंउदेयाम लागेसंगै वनमा डढेलो लाग्ने उच्च जोखिम रहन्छ ।
संम्भावित जोखिमलाई न्युनिकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तथ्याङ कसहित पुर्वानुमान जोखिम न्युनिकरण प्रतिवेदन तथार गरेको छ । व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत जिल्लालाई वन डढेलोको उच्च जोखिममा राखेको छ ।
यसैगरी अछाम, अर्घाखाँची, बारा, डडेलधुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर जिल्लालाई मध्यम जोखिमको वन डढेलो पूर्वानुमान गरिएको हो। प्राधिकरणले पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्व तयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्य योजना निर्माण गरेको छ।
जसका लागी तिनै तहका सरकार जिम्मेवार निकाय तथा वनसंग सम्वन्धित समेन्त्रहरुका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउने प्राधिकरणले जनाएको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानि नोक्सानी न्यूनीकरण गर्नु कार्य योजनाको मुख्य लक्ष रहेएको बताएको छ।
प्राधिकरणले जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको उच्च जोखिम रहेका वन क्षेत्रको आँकलन एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिने जानकारी दिएको छ। मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने रणनीति तय गरेको हो।
साथै वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनः स्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई थप अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।







प्रतिक्रिया दिनुहोस