
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ- १३ माघ ।
नेपाली कांग्रेसले सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी तथा जनताको सवाल सम्वोधन गर्ने विश्वसनीय घोषणापत्र बनाउन लागिएको दावी गरेको छ।
मंगलवार काँग्रेस प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसले जनहितका लागी जनता कै सवालमा प्रत्यक्ष संवोधन गर्ने घोषणापत्र ल्याउन लागिएको दावी गर्नु भएको हो।
प्रवक्ता चालिसेले कांग्रेसले केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताउँदै नेपालको राजनीतिमा काम कम कुरा धेरै गर्ने प्रवृति विगतदेखी नै रहेकोले अब कांग्रेसले जनतामुखी भएर काम गर्न सक्ने आधारमा मात्रै घोषणापत्र ल्याउन लागिएको बताउनु भयो।
उनले भने केबल चुनावका लागी मात्रै देखाउनका लागी घोषणापत्र नभई आफ्नो पार्टीको वहुमत आएर देशको नेतृत्व गरी सकेपछी हाम्रो पार्टीले बोले अनुसारको काम गर्न सक्ने जति मात्रै वाचा जनताको बीचमा गर्ने उल्लेख गर्नु भयो । साथै निर्वाचन क्षेत्रको आवश्यकता पहिचान गरी उम्मेद्वारहरुले पनि आफ्नो घोषणापत्र बनाउने जानकारी दिनु भयो।
यसका साथै प्रवक्ता चालिसेले विद्रोह गरेका केही उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन उहाँहरु लागिसक्नु भएको जानकारी दिनु भयो।








प्रतिक्रिया दिनुहोस