आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

आयोगले निर्वाचन आचारसंहिता अनुमगन गर्न अधिकृत तोक्यो

२०८२ माघ १४, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -१४ माघ ।

निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका समय आचारसंहिता उल्लङन भए नभएको अनुगमन गर्नका लागि अनुमगन अधिकृत तोकेको छ।

देशका सबै जिल्ला तहमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउने तयारीका साथ सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकारीको रुपमा जिम्मेवारी तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्येक जिल्लास्थित प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक पाटोको अनुगमन बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।

त्यसैगरी जिल्लाका प्रमुख कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरक फरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि आयोगले जनाएको छ

निर्वाचन आचारसंहिता २०८२ यही माघ ४ गतेदेखि लागू भएको छ। सोही निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको आयोगले आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस