आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

आज देशको पहाड तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

२०८२ माघ १४, बुधबार मा प्रकाशित ( १ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ- १४ माघ ।

हाल देशभर पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव छ । यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल छ।

मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार आज(बुधबार) दिउँसो उच्च पहाडी तथा हिमाली भू‍भागमा पूर्णतया बादल लाग्ने जनाएको छ। बाँकी पहाडी र तराईका भागमा साधरणतया बादल लाग्नेछ। तर उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । यस्तै बागमती, मधेश र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै राति पनि पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस