आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

२०८२ माघ १६, शुक्रबार मा प्रकाशित ( ८ महिना अघि) ४९९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सिरहा -१६ माघ ।

सिरहामा अज्ञात व्यक्तिले गोली हानेर एक जनाको हत्या गरेको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेनाथ यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा यादवको ज्यान गएको छ ्।

सुक्रबार यादव सोही पालिकाको मैनाबत्ती खोला किनारमा आफ्नै खेत ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारबाट यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार खेत जोत्दै गरेका यादवमाथि गोली प्रहार गरी हत्यापछी ति व्यक्ति फरार भएको जनाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑