
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१७ माघ ।
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। यसका कारण अहिले तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा पनि आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो तराई क्षेत्रका धेरै स्थानमा हुस्सुरकुहिरो कायम रहने छ। त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रका एक दुई स्थानमा हुस्सु लाग्ने छ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस