आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

काठमाडौ क्षेत्र १ मा प्रबललाई पल्लाभारी रविन्द्रलाई धक्का

२०८२ माघ १८, आईतबार मा प्रकाशित ( २ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१८ माघ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रबल थापाको जितको सम्भावना बढेको छ ।

काँग्रेसको आन्तरिक एकता सुदृढ हुनुकासाथै यहाँका बुद्धिजीवी, नागरिक अगुवा र राप्रपाको असन्तुष्ट समूहले समेत थापालाई सहयोग गर्ने भएपछि उनको जित लगभग निश्चित भएको छ।

राप्रपामा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएपछि असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य चोकराज घिमिरेले पनि प्रबललाई समर्थन गरेकाछन् ।

घिमिरेले सामाजिक सञ्जालमा
युवा अघि सर्छ देश अघि बढ्छ भन्दै स्थानीय उम्मेदवारलाई समर्थन गर्न सबैलाई अपिल गरेकाछन् ।

उनले लेखेका छन् – ” कुनै पनि चिल्ला, चिप्ला कुरा गर्ने काम केही नगर्ने टुरिष्ट नेता जो चुनावताका मात्र आउने अवसरवादी
नेतालाई हैन स्थानीय व्यक्ति जुन माटोमा  हुर्केबढेको र बुझेको उमेदवार लाई नै आफ्नो अमुल्य मतदान गरि जिताऔं”

राप्रपाका ४७० भन्दा बढी स्थानीय नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएर थापालाई समर्थन गर्ने तयारी गरेकाछन्।

राप्रपाभित्रै विद्रोह हुन थालेपछि रवीन्द्र मिश्रलाई भने गम्भीर धक्का लाग्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस