आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

सुनको भाउ लगातार ओरालो लाग्दै,आजपनि तोलामा १३ हजारभन्दा बढीले घट्यो

२०८२ माघ १९, सोमबार मा प्रकाशित ( २ महिना अघि) २२६४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -१९ माघ ।

पछिल्लो समय नेपाली बजारमा निकै आकासियको सुनको भाउ केही दिनदेखी लगातार ओरालो लागेको छ । सोही बमोजिम आज एकै दिनमा १३ हजार ४०० रुपैयाँले मुल्य घटेर छापावाल सुनको तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

गत बिहीबारसम्म सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेकोमा जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो। त्यसयता लगातार रुपमा सुनको मूल्यमा ओरालो लागेको हो।

यसैगरी चाँदीको मूल्यमा पनि निकै बढेको अवस्था थियो । तर सोही समययता लगातार मुल्य घटेर आज चाँदीको मुल्य ५ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

विगत केही समयदेखी अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग घटेका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस