आज: २०८२ माघ २१, बुधबार | Wed, 04, Feb, 2026

पश्चिमी न्यूनचापीय प्रभावले पहाड–हिमालमा हिमपातको सम्भावना

२०८२ माघ २०, मंगलबार मा प्रकाशित ( १ दिन अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -२० माघ ।

पछिल्लो समयमा देशभरमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरमा अहिले बिहानसम्म आंशिक बदली छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

मंगलबार दिउँसो हिमाली तथा पहाडी भू–भागमा बदली तथा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस