आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

झापा दमकमा सवारी दुर्घटनामा परी २ युवाको मृत्यु

२०८२ माघ २२, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दमक -२२ माघ ।

झापाको दमकमा सवारी दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ। टिपरले ठक्करले दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो।

बुधबार अपरान्ह दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल दमक १ स्थितमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भरी घाइते भएका इलाम चुलाचुली गाउँपालिका –४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राईको उपचारको क्रममा मृत्यु भएको खड्काले बताउनु भयो ।

दुर्घटनाको सम्वन्धमा अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस