आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

आजको मौसम सम्वन्धि खबर

२०८२ माघ २२, बिहिबार मा प्रकाशित ( २ महिना अघि) २०४७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ – २२ माघ ।

हाल देशभरमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै पहाडी क्षेत्रमा पनि आंशिक बादल लागेको छ। तराईका भूभागका केही स्थानमा तुवाँलोसमेत लागेको छ।

महाशाखाका अनुसार बिहिबार दिउँसो तराई भागका एक दुइ स्थानमा हुस्सु तथा कुहिरो रहनेछ भने पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।

साथै आज राति तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ। तर पहाडी र हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस