आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने

२०८२ माघ २२, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ २२ माघ ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी तालमेल नगर्ने स्प्रस्ट पारेको छ। बिहिबार केन्द्रीय पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिनु भएको हो ।

प्रवक्ता चालिसेका अनुसार देशभरबाट कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको छ । तर कुनै पार्टीबिचमा चुनावी तालमेल नगर्ने स्पष्ट पारेको छ ज । यसअघि काँग्रेसले अन्य पार्टीसंग चुनावी तालमेल गर्दा जिल्ला तथा धेरै कार्यकर्ताले केन्द्रीय नेतृत्वसंग धेरै गुनासो गर्दै आएका थिए । तर हालै सम्पन्न विशेष महाधिवेशनबाट चुनिएका नव सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले चुनावपूर्व कुनै प्रकारको गठबन्धन नगरिने स्पष्ट पारेका हुन् ।

सोही अनुसार पार्टी प्रवक्ता चालिसेले अब त्यस्ता गल्ति काँग्रेसले नदोहोर्‍याउँने र काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको बताए । उनले भने, ‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन। सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेका छौँ। हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि यो विषय सार्वजनिक रूपमा भनिरहनु भएको छ। त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’

प्रवक्ता चालिसेले अधिनायकवाद सधैं मिठा र चिप्ला कुरा गरेर आउने गरेको टिप्पणी गर्दै नयाँ अनुहार र नयाँ नारा भन्दै फैलाइने भ्रममा नपर्न पनि कार्यकर्तासहित आम मतदातालाई सचेत गराएका छन् ।

कांग्रेसले आफ्नो संगठनात्मक शक्ति, लोकतान्त्रिक मूल्य र विगतको योगदानका आधारमा जनतासँग प्रत्यक्ष अपिल गर्दै चुनावमा होमिएको उनको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस