आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

नारीवादी डा.मीना आचार्यको निधन, लैङ्गिक न्याय क्षेत्रलाई अपूरणीय क्षति

२०८२ माघ २३, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) २०१६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२३ माघ ।

नेपालको प्रख्यात नारीवादी अभियन्ता डा. मीना आचार्यको निधन भएको छ ।

महिला सशक्तीकरण, लैङ्गिक न्याय र वित्तीय समानताका क्षेत्रमा अर्थशास्त्र र लैङ्गिक उत्तरदायी  बजेट  (Gender Responsive Budget–GRB) की आचार्यको निधनले देश शोकमा डुबेको छ।

लैङ्गिक उत्तरदायी तथा अर्थशास्त्री  डा.आचार्यले पुर्‍याएको योगदान नेपाली महिला समाजमा अतुलनीय रहेको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

डा.आचार्यले लैङ्गिक उत्तरदायी बजेटलाई नीतिगत तहदेखि कार्यान्वयनसम्म प्रभावकारी रुपमा लैजान खेलेको भूमिका महत्वपुर्ण छ। उनका अनुसन्धान, लेखन र नीतिगत सल्लाहहरूले हरेक क्षेत्रमा न्च्द्य सुनिश्चित गर्ने स्पष्ट मार्गचित्र तयार गरेको छ।

विशेषगरी लैङ्गिक वित्त, महिला अधिकार र समावेशी विकासका सवालमा उनका मार्गदर्शन र निरन्तरको प्रयासले धेरै युवाहरूको करियर यात्रालाई प्रेरणा थपेको छ । डा.आचार्यका योगदानले नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत लैङ्गिक न्यायका पक्षधरहरूलाई मार्गनिर्देशन गरेको देखिन्छ ।

आदी कारणले पनि अर्थशास्त्री डा.आचार्यको निधनले महिला अधिकार, लैङ्गिक न्याय र नीतिगत सुधारको क्षेत्रमा “ठूलो क्षति” पुगेको मानिएको छ। उनका तिनै ेमहत्वपुर्ण विचार, र अवधारणा अनुसारको नेपाली समाज र सरोकारवाला निकायको चासोले स्थापित लैंगिक शसक्तिकरणका क्षेत्रमा भएका काम र योगदानले आगामी पुस्तालाई प्रेरणा दिइने विश्वास गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस