आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

बैतडीको सवारी दुर्घटना अपडेट, मृत्यु हुनेको संख्या १३ पुग्यो

२०८२ माघ २३, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बैतडी  -२३  माघ ।

गएराति बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला रहेका छन् ।

यसैगरी बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले बताउनु भयो ।

उपचारको क्रममा बझाङको बित्थडचिर पालिका –७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् भने घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । यद्यपि दुर्घटनाग्रस्त बसमा वरवधु भने सवार थिएनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस