आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

अझैसम्म १० उम्मेदवारले बुझाएनन् निर्वाचन आयोगलाई स्पष्टीकरण

२०८२ माघ २४, शनिबार मा प्रकाशित ( १ दिन अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ  – २४ माघ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको अभियोगमा स्पष्टीकरण मागेका उम्मेदवारहरुमध्ये २४ जनाले मात्रै निर्वाचन आयोगमा जवाफ बुझाएका छन्। आयोगले स्पष्टिकरण सोधेका ३४ जनामध्य अझै १० उम्मेदवारले भने जवाफ दिएका छैनन् ।

आयोगबाट ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पष्टीकरण मगेकोमा २४ जनाले स्पष्टीकरण बुझाएपनि बाँकी १० जनाले भने अझै जवाफ दिन आलेटाले गरेका हुन् । आयोगले आचारसंहिता उल्लंघन हुन नदिन र प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला अनुगमन समिति, जिल्ला अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील छन्।

जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितता गर्न निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाइ आर्थिक बाहेकका अन्य सम्पुर्ण क्षेत्र हेर्ने अख्तियारी दिएको छ।

आर्थिक विषयमा अनुगमन गर्नको लागी जिल्लाका प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस