
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -११ चैत ।
नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । साथै सडक विस्तारमा कार्यरत स्काभेटर चालक सोही पहिरोमा बेपत्ता भएका छन् । बेपत्ता चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताउनु भयो ।
उपरीक्षक लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तार गर्ने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर सोही गाउँका ३५ वर्षीय फूलमान तामाङको निधन भएको बताउनु भयो ।
ललितपुर घर भएका २४ वर्षीय स्काभेटर चालक अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन् । अहिले उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासीको प्रयास जारी छ ।
बेपत्ता तामाङ केही दिन अघिमात्रै स्काभेटर चलाउन नुवाकोट आएका थिए ।








प्रतिक्रिया दिनुहोस