
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ माघ ।
वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। थापाको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो। थापाका छोराहरू भारतमा रहेकाले उहाँहरूको प्रतिक्षा भइरहेको परिवार जनको भनाई छ ।
नेपाली चलचित्र तथा भारतीय सिने जगतमा आफ्नो जीवन्त अभिनय गरेका उनले दर्जनौँ नेपाली चलचित्रमा काम गरेका छन्। मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्।
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा गहिरो शोक व्यक्त गर्नु भएको छ ।












प्रतिक्रिया दिनुहोस