आज: २०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

३७ जिल्ला निर्वाचनको लागी एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

२०८२ माघ २६, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ -२६ माघ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनु भयो। छापिएका मतपत्र मध्य डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग),सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका छन् ।

यसैगरी कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइको कार्य सम्पन्न भएको हो। साथै छपाईको काम सकिएका जिल्लाको मतपत्र प्याकिङको काम पनि भइसकेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ हुने निर्वाचनका लागि गत पुस २२ बाटै मतपत्र छपाइको काम सुरु भएको थियो।

पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।।गत पुस २६ देखि समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ र त्यसको प्याकिङ्ग तथा रुजु गर्ने र ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस