आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

छानबिन आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउने

२०८२ माघ २६, सोमबार मा प्रकाशित ( २ महिना अघि) १७०६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ- २६ माघ ।

गत भदौ २३ र २४ को जेनजी पुस्ताका नाउँमा गरिएको विध्वंशकारी आन्दोलनमा भएको जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्की नेतृत्वमा गठित आयोगले करिब पाँच महिना लगाएर गरिएको छानबिनपछि दोषीमाथि कारबाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिएको हो।

उक्त आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही चलाउन सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त जाँचबुझ आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीलगायतका कानुनुविद्हरु सदस्य छन्। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम गठित तीन सदस्यीय जाँचबुझ आयोगले गत असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको थियो।

जेनजी पुस्ताको नाउँमा गरिएको त्यस आन्दोलनका क्रममा देशको मुख्य राजधानी लगायत मुलुकभर विभिन्न भागमा भएका प्रदर्शनमा घुसपैठ भई गरिएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यादेशसहित तीन महिना समयावधि तोकिएको भएतापनि आयोगलाई तोकिएको समयभित्र जाँचबुझको काम नसकिएपछी सरकारले गत पुस ३ मा एक महिना म्याद थपेको थियो।

सो अवधिमा पनि छानबिन प्रतिवेदन लेखनलगायत काम पुरा नभएपछि फेरी माघ २ गते दोस्रो पटक २० दिन आयोगको म्याद थपिएको थियो। दोस्रो पटक थपिएको म्याद यही माघ २९ गते समयावधि सकिनुअघि छानबिन प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिएको जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता शर्माले जानकारी दिनु भयो।

तत्थ्य सत्य पत्ता लगाउन जाँचबुझ आयोगले घटनामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न दुई सयभन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ र सम्वन्धित पक्षहरूको विश्लेषणसहितको प्रतिवेदन लेखनको अन्तिम चरणमा रहेको बताउँदै प्रवक्ता शर्माले भन्नु भयो, “घटनासँग सम्बन्धित अधिकांशसँग बयान तथा सोधपुछ गरी तयार पारिएको रायसहितको प्रतिवेदन यसै साता सरकारलाई बुझाउँछौँ।”

गत भदौ २३–२४ को दुई दिनमा भएको जेनजी आन्दोलन ईतिहाँस कै सबैभन्दा हिंसात्मक हुँदा १७ जना स्कुले केटाकेटीसहितका ७६ जनाले अकालमा ज्यान ज्यान गुमाए भने दुई हजार ४२९ जना प्रदर्शनकारी घाइते भएका छन् ।

घटनाको जाँचबुझका क्रममा आयोगले घटनामा अप्रत्यक्ष आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक,चार वटै सुरक्षा निकायका प्रमुख, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुसहित करिब दुई सयभन्दा बढी सम्वन्धित व्यक्तिसँग लिखित तथा मौखिक बयान लिइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस