आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

निर्वाचन आचारसंहिता पालाना गर्न संन्चारकर्मी तथा गैससहरुबिच बैठक

२०८२ माघ २७, मंगलबार मा प्रकाशित ( १ महिना अघि) ४२७९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२७ माघ ।

प्रमुख जिल्ला अधिकारी एवं् जिल्ला सुरक्षा समिति धादिङका प्रमुख विजयाराज सुवेदीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता परी पालना गर्न पत्रकारहरुसंग छलफल गर्नु भएको छ ।

प्र.जि.अ.सुवेदीले निर्वाचन आचार संहिता उल्लङ्घन हुन नदिन जिल्लाका क्रियाशील पत्रकार तथा संन्चारगृह्रहरु,गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुलाई आग्रह गर्नु भएको छ ।

जिल्ला सुरक्षा सतिका प्रमुखसमेत रहनु भएका सुवेदीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण भयरहित र निष्पक्ष वातावारणमा सम्पन्न गराउन र निर्वाचन आचार संहिता उल्लङ्घन हुने खालका कुनै पनि गतिविधि नगर्न सबै सरोकारवालाको दायित्व रहेकाले आआफ्नो क्षेत्रबाट निर्वाचन आचार संहिता पालना गर्ने र गराउने काममा लाग्न आग्रह गर्नु भएको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा निर्वाचनका मौका छोपी सहयोगको नाममा विभिन्न संस्था तथा व्यक्तिहरुले वितरण गर्ने राहत,अनुदान, विकासका नाममा गर्ने गतिविधि रोकेर मतदाताशिक्षाका लागि लाग्न प्र.जि.अ. अधिकारीले आग्रह गर्नु भयो ।

यसका साथै पर्व विशेष अथवा विभिन्न कार्यक्रममा राजनैतिक भाषण गर्ने, दल विशेष वा चिन्ह विशेष कार्य गर्न रोक लगाउने स्पष्ट पार्नु भयो । त्यस्ता कार्यक्रममा कहि कतै निर्वाचन आचारसंहिता उल्लङ्घन हुन गएमा तत्कालै सम्वन्धित निकायमा जानकारी गराइ दिन पनि अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने, निर्वाचन आयोगका प्रतिनिधी लगायत सुरक्षा निकायका प्रमुखहरुको विशेष उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस