
नारी वाटिका संवाददाता
रामेछाप -२८ माघ ।
रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ। घाईतेको संख्या एकिन भएको छैन । जिल्ला ट्राफिक कार्यालय रामेछापका अनुसार मृतकको संख्या १० जना पुगेको जनाएको छ।
मंगलबार काठमाडौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० किलो मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटनामा परेको हो।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको थियो । काठमाडौबाट ८ जनामात्रै सवार रहेको उक्त बसमा बिच बाटोमा कति यात्री चढेका थिए भन्नेमा एकिन भएको छैन ।












प्रतिक्रिया दिनुहोस