आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

विद्युतीय सवारीको भाडादर १० प्रतिशत घटाउने तयारी

२०८२ माघ २९, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ २९ माघ ।

यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधन (इभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। यस बारेमा विभागले आन्तरिक रुपमा छलफल गरीरहेको जनाएको छ।

विभागले हालसम्म इभी बसको भाडादर स्पष्ट रुपमा कायम नभएकोले नयाँ दर निर्धारणको चासो लिएको हो। डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम आउने भएता पनि यातायात व्यवशायीहरुले एउटै भाडा अशुल्दै आएका छन् ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इभी बसको भाडादरलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन आवश्यक छलफल भइरहेको बताएका छन्।

“डिजेल बसको भाडादर भने यसअघि नै तय भइसकेको छ, तर इभी बसका हकमा स्पष्ट व्यवस्था नगरिएका कारण नयाँ भाडादर कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । त्यसैले लागत र सञ्चालन पक्षको अध्ययन गरी १० प्रतिशतसम्म भाडादर घटाउने विषयमा छलफल गरिरहेका छौँ,” उनले भने।

यस विषयमा विभागले सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने जनाएको छ। निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस