आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

स्कूल बस दुर्घटनामा परी एकको मृत्यु, २६ जना घाइते

२०८२ फागुन १, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बागलुङ १ फागुन ।

बागलुङमा भएको स्कुल भ्यान दुर्घटनामा परी एकजनाको मुत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रातमाटा जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनामा २६ जना घाइते भएका छन् भने घाईतेमध्य एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा अमन बोहोरा रहेको प्रहरीले जनाएको छ। २५ जना घाइतेमध्ये छ जनालाई पोखरास्थित गण्डकी अस्पताल पठाइएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनु भयो।

घाइते हुनेमा अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमङ्ग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समीक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरबहादुर थापामगर, आयना बोहोरा, सारिका बोहोराको धौलागीरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ।

घाइतेमध्यका गम्भीर अवस्थाका आयुष बोहोरा, आयान बोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सुजल छन्त्याल र सङ्गम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताइएको छ ।

स्कुल भ्यान बागलुङको मध्यपहाडी राजमार्गबाट खसेको थियो।

बागलुङ नगरपालिका–३ स्थित नेपालभाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग३च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस