आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

आज यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८२ फागुन १, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१ फागुन ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ । साथै अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने जनाएको छ।

साथै सुक्रबार राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस