आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

अर्यालसहित ३५ जनाले त्यागे राप्रपा,काठमाडौं १ मा निकै कमजोर

२०८२ फागुन ३, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -३ फागुन ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा भने राप्रपाको स्थिति दिनानुदिन कमजोर बन्दै गएको छ ।

राप्रपाका केन्द्रीय सदस्य चोकराज घिमिरे र सह महामन्त्री सुरेन्द्रबहादुर शाहीले राजीनामा दिएको करिब दुई हप्ता नवित्दै फेरी नेतृ अम्बिका अर्यालसहित ३५ जनाले राप्रपा पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गरी अर्यालसहित सबै ३५ जना जनता संरक्षण दलमा आबद्ध भएका हुन् । उनीहरु सबै क्षेत्र नम्बर १ को वडा नम्बर ११ निवासी हुन् । ३५ जनाले एकसाथ दल त्यागेपछि उक्त क्षेत्रमा राप्रपा निकै कमजोर बनेको अवस्था छ ।

तर काठमाडौं १ मा काँग्रेसका प्रबल थापाको अवस्था निकै बलियो देखिएको छ । रास्वपाकी रञ्जु दर्शना उनको निकटतम प्रतिष्पधी हुने देखिन्छ । राप्रपाको आन्तरिक विवादका कारण रवीन्द्र मिश्र तेस्रो पटक पनि चुनावी हारको स्वाद चाख्ने अवस्थामा पुगेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस