आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

हालसम्म १ करोड ९१ लाख मतपत्र छपाइ,अब करिब १२ लाख बाँकी

२०८२ फागुन ४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ – ४ फागुन ।

आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ,प्याकिङ गरी ढुवानीका लागि तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइको काम सकी सम्वन्धित जिल्लामा ढुवानी गर्न तयारी गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनु भयो। साथै बाँकी १० जिल्लाको मतपत्र पनि धमाधम छाप्ने काम भइरहेएको छ ।

छापिएका मतपत्र सम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) का छन् ।

त्यसैगरी मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिराहा गरी ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी भएको हो।

शनिबारसम्म ६६ जिल्लाको मतपत्र छपाइको काम सकी प्याकिङ गरेर ढुवानी गर्न तयारी अवस्थामा राखिएको थियो। शनिबार थप एक जिल्लाको मतपत्र छापिएर प्याकिङ पनि भैसकेको आयोगले जनाएको छ।

देशका दुर्गम लामो दुरीका जिल्लाका मतपत्र छपाईलगायतको काम सकिएको र राजधानीका नजिकका तथा उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको आयोगले जनाइएको छ। अब दुई दिनमा सबै जिल्लाका मतपत्र छपाइको काम सकी प्याकिङ गरिने भएको छ। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ।

पुस २६ देखि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सुरु भइ माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सकिएको थियो । यस्तै प्रत्यक्षतर्फको मतपत्र दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गतेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्पmको मतपत्र छपाइ सुरु भएको हो।

सुक्रबार पहिलो चरणमा कर्णालीमा मतपत्र पठाइएको थियो। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका दुर्गम जिल्लामा पनि मतपत्र पठाइएको आयोगले जनाएको छ। सहरी क्षेत्र र सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस