आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

२०८२ फागुन ४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ ४ फागुन ।

प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।

निर्वाचनमा उठेका उम्मेद्वार तथा पार्टीले आफ्नो जितका लागी चुनावी प्रचार प्रसार गर्न मतदान हुने १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसारका लागी जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्रीहरु प्रसारण गर्न पाइने कानुनी व्यवस्था छ।

सोही अनुसार, आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। निर्वाचन आचारसंहिताको उल्लङ्घन नहुने गरी यसको पूर्ण पालना गर्न निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ। सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदाता समक्ष मत माग्न सक्नेछन् ।

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन गरेमा पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाही पर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ।

आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको स्मरण गराएको छ। यसका लागी आयोगसमक्ष आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन्।

यसका साथै निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस