आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

रास्वपा सभापति लामिछानेको मुद्दा तत्काल फिर्ता नहुने

२०८२ फागुन ५, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -५ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दा तत्काल फिर्ता नहुने जिल्ला अदालत,कास्कीले आदेश दिएको छ।

सोमबार न्यायाधीश नितिश राईको एकल इजलासले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गरी तत्काल फिर्ता नहुने आदेश दिएको हो।

यस्तै कसुर सम्वन्धी जिल्ला अदालत, रूपन्देहीले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो। कास्की जिल्ला अदालतले यस विषयमा सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै आवश्यक निर्णय लिन सकिने स्पष्ट पारेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले गएको पुस ३० मा लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई परिपत्र गरेकी थिइन्। उक्त निर्णयलाई कार्यान्वयन गर्न कास्की जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो।

लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा चलिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस