
नारी बाटिका
धादिङ – ५ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र न. २,मा नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार रमेश धमलाको चुनावी प्रचार प्रशार तिब्रगतिमा भएको छ । नेता धमलासंगै समानुपातिक तर्फका उम्मेदवार सेतेमान तामाङको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम निकै सक्रिय रुपमा लागेका छन् ।
धादिङ जिल्लाको प्राकृतिक सुन्दरताले भरिपुर्ण, बहुभाषिक, बहुजातीय, धार्मिक तथा सांस्कृतिक विविधतायुक्त भुगोल रहेको नेत्रावती डपजोङ गाउॅंपालिकामा १२ हजार १८८ जना मतदाता रहेका छन् ।
यहि फागुन ५ र ६ गते हुने उक्त कार्यक्रममा नेता धमला र सेतेमान तामाङले आफ्ना निर्वाचनका नागरिकहरूसँग भेटेर स्थानीय समस्या बुझ्न र उनीहरुका भावना सुन्न घरदैलोमा नै प्रत्यक्ष साक्षात्कार गर्ने योजना तय गरिएको नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति क्षेत्र न. २, धादिङले जानकारी दिएको छ । 
यससंगै नागरिकबिच नेपाली कांग्रेसका उम्मेदवार तथा धमलालाई नै मत दिएर चुनावमा निर्वाचित गराउने मुख्य आधार तयार गर्न काँग्रेस धादिङ क्षेत्र नं. र २ का प्रचार प्रसार समितीले नागरिक माझमा उम्मेदवारलाई उपस्थित गराउने कार्यक्रम तय गरिएको हो ।
प्रचार प्रशार समितीले निर्वाचन केवल मतदान गर्ने औपचारिकता मात्रै होइन, मक्किएको कार्यशैलीलाई जनउत्तरदायी शासनले प्रतिस्थापन गरी सुशासन र स्थायित्व दिने एउटा ऐतिहासिक प्रस्थानविन्दु बनाउने नेपाली काँग्रेसको प्रतिज्ञा हो भनी उल्लेख गरेको छ ।








प्रतिक्रिया दिनुहोस