आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

धादिङबेसीमा दोस्रो मेयर फुटसल प्रतियोगिता २०८२ हुंदै

२०८२ फागुन ५, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ ५ फागुन

धादिङको निलकण्ठ नगरपालिकाको आयोजनामा भोलिदेखी तिनसम्म दोस्रो मेयर फुटसल प्रतियोगिता २०८२ सञ्चालन हुने भएको छ।

मंलबार विहान नगरपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०८२/०८३ को खेलकुद कार्यक्रम अन्तर्गत यही फागुन ६ देखी ९ गतेसम्म धादिङवेशीको फुटसल क्लबमा दोस्रो मेयर फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रतियोगितामा देशभरका ७५३ वटै स्थानीय तहलाई सहभागिताका लागि निमन्त्रण गरिएको भए पनि पहिला दर्ता गर्ने ३२ टिमले मात्र सहभागिता जनाउन पाउने निलकण्ठ नगरपालिकाका १० का वडा अध्यक्ष तथा खेलकुद संयोजक सरोज पाण्डेले जानकारी दिनु भयो। प्रतियोगितामा जनप्रतिनिधि,पत्रकार महासंघ,कर्मचारी मिलन केन्द्र,एक्सन नेपाल,जिल्लाभित्र तथा जिल्ला बाहिरका विभिन्न गाउँ तथा नगरपालिकाहरुलगायत जनप्रतिनिधी तथा कर्मचारीहरूको सहभागी रहनेछ।

तोकिएको सर्तमा टिम निर्माण गरी नियमावली अनुसार निःशुल्क रुपमा टिम दर्ता गर्न सकिने नगरपालिकाले जनाएको छ।

प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रथम पुरस्कार नगद रु। १,११,१११,
द्वितीय पुरस्कार नगद रु। ५५,५५५,
तृतीय पुरस्कार नगद रु। २२,२२२ र
चतुर्थ तथा सान्तोना पुरस्कार रु। ११,१११

यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उच्च गोलकर्ता घोषित हुने खेलाडीलाई जनही रु। ६,६६६ प्रदान गरिने आयोजकको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस