आज: २०८२ फागुन ६, बुधबार | Wed, 18, Feb, 2026

क्षेत्र न.२ महिला संघदवारा महिला मतदातालाई निर्वाचन सम्वन्धि छलफल कार्यक्रम

२०८२ फागुन ६, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका



बिबियु,नारी वाटिका संवाददाता

धादिङ -६ फागुन ।

नेपाल महिला संघ धादिङको क्षेत्र न.२ क्षत्रिय समितिको आयोजनामा महिला मतदाताहरुलाई आसन्न प्रतिनिधीसभा निर्वाचन सम्वन्धि छलफलm कार्यक्रम सम्पन्न गरेको छ ।

यही फागुन २१ गते देशभरमा हुन गैरहेको प्रतिनिधीसभा सदस्य निर्वाचनमा अन्य स्थानमा जस्तै यस जिल्लामा पनि पुराना र नयाँ दलहरुकाबिचमा कडा पतिस्पर्दा हुने भनी सामाजिक संन्जालमा आएका भ्रमपुर्ण चुनावी गतिविधीहरुलाई नियालेर समाज,नागरिक,पिछडिएका वर्ग तथा महिलाको हकहितमा काम गर्न सक्ने सही र अशल नेतालाई मतदान गर्न प्रशिक्षण गरिएको हो ।

ने.म.संघ क्षेत्र न.२ धादिङकी अध्यक्ष भगवती उप्रेतीको अध्यक्षता तथा नारी जागरण केन्द्रको सहयोगमा धादिङवेशी स्थित नारी सुरक्षा भवनमा आयोजित उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा ‘प्रतिनिधि सभा सदस्य निर्वाचनमा महिला,राम्रो उम्मेदवार छान्नमा पहिला “ भन्ने मुल नाराका साथ धर्ति स्वरुपा एक असल आमा,परिवार अनि समाज चलाउन सक्ने सिप र सहास भएकी नारीले सही समयमा सही नेता र नेतृत्व छान्नु पर्ने छलफल गरिएको हो ।

कार्यक्रममा चुनावका बेला अनेकौं झुटा आसवान दिएर भोट माग्ने र चुनाव जितेपछी नागरिकको समस्या र पिरमर्का नसुन्ने राजनितिक दल र त्यस्ता दलका नेताले देश र जनताको हितमा काम गर्ने भन्दापनि केवल उसको व्यक्तिगत स्वार्थका लागी मात्रै काम गर्र्ने गरेको विगतको तितो सत्यलाई बुझेर आगमी निर्वाचनमा आफ्नो मतदान गर्नको लागी पार्टीका असल नेता चुन्न सचेत रहन सके हाम्रो समाजमा नारीमाथी हुने लैंगिक तथा घरेलु हिंसाको अन्त्य हुने विषयमा छलफल गरिएको थियो ।

राम्रो काम गर्ने नेताले चुनाव जितेर क्षेत्र,जिल्ला तथा देशको नेतृत्व गरेमा उनीहरुले जनताका हितमा महिलामैत्री कानुन निर्माण र कार्यन्वयन हुन सक्ने भएकोले वडो सुज बुझ र सही तरीकाले मतदान गर्न आवश्यक रहने विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा निलकण्ठ नगरपालिका तथा यस क्षेत्रका महिलाको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस