आज: २०८२ फागुन ७, बिहिबार | Thu, 19, Feb, 2026

कांग्रेसले सुन्दर नेपाल निर्माणको लक्षसहित दश बुँदे प्रतिज्ञापत्र सार्वजनिक

२०८२ फागुन ७, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -७ फागुन ।

सुन्दर नेपाल निर्माण गर्ने लक्षसहित नेपाली कांग्रेसले १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बुधवार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको हो।

आगमी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा आफुनो पार्टीको वहुमत आउने दावी गर्दै जनकपुरमा आयोजित उक्त प्रतिज्ञा सभाबाट कांग्रेसले ऐतिहाँसिक रुपमा नै जब नेपालमा राजनितिक संकट आउँछ । तब सिंगो देशलाई नै परेको जटिल समस्यामा काँग्रेस नै समाधानका विन्दुमा पुर्याउने गरेको तथ्य छ । समग्र पछिल्लो समयमा देशमा आएको राजनितिक संकट हल गर्ने अविभारा काँग्रैेसलाई नै रहेकोले सोही विषयमा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेको काँग्रेसले जनाएको छ।

कांग्रेसले प्रतिज्ञापत्रमा पाँच वर्षभित्रै हासिल गर्न सकिने लक्ष्य राखी आफूले बनाउन चाहेको सुन्दर नेपालको खाका समेटिएको बताएको छ। यसै प्रतिज्ञा पत्रमार्फत कांग्रेसले जनताको सम्मानित जीवनको सुनिश्चितता गर्ने, हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने र जात, धर्म वा लिङ्गका आधारमा हुने विभेद र हिंसाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

अर्को तर्फ नेपालको महत्वपुर्ण सवाल युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारीको अवसर दिने र प्रवासमा रहेका नेपालीको ज्ञान र पुँजीलाई स्वदेशमा जोड्ने, साना तथा ठूला लगानीकर्तालाई प्रोत्साहन गर्दै श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने र अवैध सम्पत्ति आर्जनलाई निर्ममता पूर्वक नियन्त्रण र पतिज्ञा पत्रमा जेनजीको माग भ्रष्टाचार विरोधी भावनालाई सम्बोधन गर्न कांग्रेसले प्रतिबद्धता गरेको छ।

कृषिक पेशा र किसानलाई आधुनिक र मर्यादित बनाउँदै मल, बीउ र सिँचाइको अभाव अन्त्य गर्ने र नेपाली उत्पादनलाई विश्व बजारमा ‘ब्रान्ड’ बनाउने, शिक्षा,युवा सरोजगार तथा स्वास्थ्य उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका साथ उन्नत स्वास्थ्य बीमालगायतका महत्वपुर्ण नागरिकको सवालमा राज्यले उपचारको जिम्मेवारी लिने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस