
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं – ७ फागुन ।
आसन्न निर्वाचन नजिकदै गरेको अवस्थामा दीपक केसी, जनार्दन ढकाल र डा प्रणयशम्शेर राणासहित काँग्रेस सभापति गगन नेतृत्वको काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरुको काँग्रेससंग राजनितिक समिकरणले नयाँ तरंग पैदा भएको हो । उनीहरु नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहित विभिन्न दलमा आवद्ध चार जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
बिहिबार राजधानीमा आयोजित ‘प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर’ कार्यक्रममा उनीहरू कांग्रेस सभापति गगन थापाको उपस्थितिमा पार्टी प्रवेश गरेका थिए। उनीहरुलाई स्वागत गर्दै सभापति थापाले पार्टी सुदृढ गर्न सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताउनु भएको थियो।
कांग्रेस प्रवेश गर्नेमा रामवीर मानन्धर, नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल तथा काठमाडौं–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा रहेका छन्।
रामवीर मानन्धर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद हुन्। उनी पूर्वमन्त्री पनि हुन्। २०४९ सालमा काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्ष हुदै स्थानीय तहदेखि संघीय संसदसम्म भएका अनुभवी नेता हुन् ।
मानन्धरको कांग्रेस प्रवेशलाई राजधानीको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। त्यस्तै दीपक केसी लामो समय वाम राजनीतिमा सक्रिय रहेका नेता हुन्।
यस्तै अन्य नेताहरु पनि लामो समयको विभिन्न दलका विभिन्न जिम्मेवारीमा रहेका अनुभवी नेताहरु हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्नु हुंदै कांग्रेस सभापति थापाले लोकतान्त्रिक शक्ति सुदृढ गर्न पार्टीले विचारमा स्पष्टता र व्यवहारमा जवाफदेहिता देखाउनु पर्ने बताउनु भयो।







प्रतिक्रिया दिनुहोस