नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ८ फागुन ।
मतदाताको घरघरमा भेटघाटको अभियानमा लाग्नु भएका धादिङ क्षेत्र न( २, नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला नीलकण्ठ नगरपालिका ८ मा जाँदै हुनु हुन्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन लागि मतदाताबिचमा गई आफुनो प्रतिवद्धता गर्न नेता धमला अभियानमा रहेको नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति धादिङ क्षेत्र न. २ ले जनाएको छ ।
सोही अभियानको सिलसिलामा आज साविकको मुरलीभञ्ज्यङ गाविस र धादिङ जिल्लाको सदरमुकाम रहेको, २ नम्बर क्षेत्रको ५१ वटा वडाहरू मध्ये सबै भन्दा धेरै मतदाता संख्या ४३७५ रहेको नीलकण्ठ नगरपालिका वडा न.३, मा “मतदाता भेटघाट तथा घरदैलो अभियान” लिएर आउने कार्यतालिका छ ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमको क्रममा नेता धमलाले मतदातासंग प्रत्यक्ष साक्षात्कार गर्न, स्थानीय समस्या बुझ्न र उनीहरुका भावना सुन्न घरदैलो अभियानमा लाग्नु भएको निर्वाचन प्रचार प्रसार समिति धादिङले जानकारी दिएको हो ।
साथै आफ्ना घरदैलोमा आई मतदाता समक्ष प्रतिवद्धता गर्ने नेताले आफु निर्वाचित भएर गएपछी अवश्य जनभावना अनुसार काम गर्ने भएकाले आफुलाई मतदान गरी काम गर्ने जिम्मेवारी दिन नेपाली कांग्रेसका उम्मेदवार धमलाले नागरिक समक्ष आग्रह गर्नु भएको प्रचार प्रशार समितिको भनाई छ ।
साथै उनी भन्छन्,”रमेश धमलालाई सुनौं, बुझौं, र प्रश्न पनि गरौं “। निर्वाचन केवल मतदान गर्ने औपचारिकता मात्रै होइन, मक्किएको कार्यशैलीलाई जनउत्तरदायी शासनले प्रतिस्थापन गरी सुशासन र स्थायित्व दिने एउटा ऐतिहासिक प्रस्थानविन्दु बनाउने हाम्रो प्रतिज्ञा हो ‘।
यो यात्रामा जो जससंग भेटघाट हुन्छ उहाँहरूसंग प्रत्यक्ष कुराकानी हुन्छ, समय अभाव, व्यवहारिक समस्या तथा अन्य विविध कारणले भेट हुन नसक्नु भएका आम मतदातासंग उम्मेदवारको मोबाइल फोन नम्बर ९८५१०३११७९ र सामाजिक संजाल मार्फत पनि कुराकानी हुने भनेर उम्मेद्वार धमलाले जानकारी दिनु भएको छ ।







प्रतिक्रिया दिनुहोस