आज: २०८२ फागुन ८, शुक्रबार | Fri, 20, Feb, 2026

आज फेब्रवरी २० तारेक, विश्व सामाजिक न्याय दिवस मनाइँदै

२०८२ फागुन ८, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ  – ८ फागुन ।

आज विश्व सामाजिक न्याय दिवस विभिन्न विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फेब्रवरी २० तारेका दिन अन्तरराष्ट्रिय श्रम सङ्गठन आईएलओको तत्वावधानमा यो दिवस मनाइने गरिन्छ।

सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेपछी सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय गरिएको थियो।

विशेषगरी संन्सारभर कै श्रमिकहरुले श्रमको उचित मुल्याङकन तथा सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट भई श्रमिक र श्रमको सम्मान तथा प्रोत्साहन गर्न यो दिवस मनाउने गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस