
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -९ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा नव प्रवेश तथा बरिष्ठ नेता बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । बालेनले थर परिवर्तन गर्न झूटो विवरण पेश गरेको युवराज पौडेल सफलले बालेनविरुद्धमा उजुरी हालेका हुन् ।
निर्वाचन आयोगमा परेको उजुरीमा बालेन शाहले नागरिकता ऐन,२०६३ विपरित कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ। उक्त निवेदनमा २०६३ साल पौस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा उनको नागरिकतामा थर ‘साह’ उल्लेख गरिएको थियो ।
तर पछि काठमाडौँ महानगरपालिकाको मेयर भएपछि २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी फरक विवरण पेश गरिएको उजुरीमा दाबी गरिएको छ।
नागरिकता ऐन,२०६३ को दफा १२ अनुसार कुनै पनि नेपाली नागरिकले झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्थामा उल्लेख छ।
उजुरीमा सम्बन्धित कागजातको छानविन गरी कानुन बमोजिम बालेनको नागरिकतासमेत खारेज गर्न तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ। 







प्रतिक्रिया दिनुहोस