आज: २०८२ फागुन १०, आईतबार | Sun, 22, Feb, 2026

गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा

२०८२ फागुन १०, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१० फागुन ।

नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने विश्वास विज्ञहरूले गरेकाछन्।

फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको ू गरिबी निवारणमा सि जिनपिङको सोचू विषयक अन्तरकृयामा विज्ञहरु डा अग्नि काफ्ले, डा. कुशुम शाक्य, डा. विष्णुहरि नेपाल, डा. ग‍ोविन्दमानसिंह कार्की, संस्थाका अध्यक्ष शोभित उप्रेती लगायतले चर्चा गरेका हुन् ।

कार्यक्रममा बोल्दै डा. काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायिक शिक्षामा जोड दिए । चीनले आधुनिक शिक्षासँगै सीपमूलक र व्यवसायिक शिक्षामार्फत आर्थिक फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि प्राविधिकसहितको शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।

यस्तो शिक्षाबाट विदेशमा पनि दक्ष कामदार पठाउन सकिने र रेमिट्यान्स पनि सोही अनुसार प्राप्त हुने उनले बताए ।

अर्थशास्त्री एवम जनसंख्याविद् डा. कुशुम शाक्यले सि चिनिपिङले प्रस्तुत गरेको १० वुँदे मार्ग चित्रमाथि प्रकाश पार्दै पूर्वाधार र यातायातको विकासमा जोड दिइन्।

उनले बलियो पूर्वाधार र यातायात सेवा बिना उत्पादन, बजार पहुँच र प्राकृतिक श्रोत साधनको उपयोग सम्भव नभएकाले चीनको स्थितिबाट नेपालले सिक्नु पर्ने र गरिबी निवारणमा स्थानीय सरकारको भूमिका नै अन्तिम हुने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् ।

जापानका लागि नेपालका पूर्व राजदूत डा. विष्णुहरि नेपाल, इतिहासविद् डा. गोविन्दमानसिंह कार्की र संस्थाका अध्यक्ष उप्रेतीले नेपालको अस्थिर राजनीति, भ्रष्टाचार, युवाहरुको पलायन, बेरोजगारी, उद्योगी व्यवसायीको निराशा लगायतका विषय तत्काल सम्बोधन गरि चीनिया मोडलबाट गरिबी निवारण गर्न सकिने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस