आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

त्रिशुली नदी भएको बस दुर्घटना अपडेट: १८को मृत्यु २८ जना घाइते

२०८२ फागुन ११, सोमबार मा प्रकाशित ( २ महिना अघि) २३२६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -११ फागुन ।

धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका ५ भैंसिगौडा स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य २८ जना घाईते भएका छन् ।

गए राति करिब साढे एक बजे धादिङ, पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।

उक्त बसमा सवार ४४ जनामध्य १७ जनाको घटनास्थल मै मृत्यु भएको हो भने १ जनाको अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यलय वेनिघाटले जनाएको छ ।

घाईतेको उद्दारका लागि घटना स्थलमा इलाका प्रहरी कार्यलय वेनिघाट,सशस्त्र प्रहरी बल,विपद् व्यवस्थापन बेश आदमघाट,विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते २८ जनालाइ उद्दार गरी तत्कालको लागी धादिङ मलेखुलगायतका विभिन्न अस्पताल लगिएको छ। घाइते तथा मृतकको सनाखत हुन बांकी छ। दुर्घटनाको कारण खुलेको छैन। थप विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस