आज: २०८२ फागुन १४, बिहिबार | Thu, 26, Feb, 2026

चुनावी प्रचारका क्रममा रास्वपा र एमाले कार्यकर्ताबीच झडप,२ घाइते

२०८२ फागुन १४, बिहिबार मा प्रकाशित ( ४ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बैतडी -१४ फागुन

बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीचमा बुधवार झडप भएको छ।

उनीहरुको चुनावी प्रचार प्रसारका क्रममा झडप हुंदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। चुनावी प्रचारका लागी बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा घरदैलोमा गएका थिए ।

सोही समयमा एक आपसमा विवाद हुंदा झडप भएको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस