आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

नेपालले मध्यपूर्वका १२ देशका लागी श्रम स्वीकृति बन्द गर्ने

२०८२ फागुन १७, आईतबार मा प्रकाशित ( १ महिना अघि) ३१६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१७ फागुन ।

हालै मध्यपूर्वका खाडी मुलुकहरुमा भैरहेको विकसित हिंसात्मक आक्रमणको कारण नेपाल सरकारले १२ राष्ट्रमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने भएको छ ।

आईतबार वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै सरकारले दिँदै आएको श्रम स्वीकृति अनिश्चितकालका लागी बन्द गर्ने निर्णय गरेको हो मध्यपूर्व तथा खाडी क्षेत्रमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै श्रम स्वीकृति रोकिएको वैदेशिक रोजगार विभागले जनाएको हो।

रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार अर्को निर्णय नभएसम्म हाललाई व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति स्थगन गरिएको छ।

यसरी श्रम स्वीकृति रोकिएका मुलुकहरुमा साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत,बहराइन,ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति हालका लागि रोकिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस