आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

पर्सा २ का नेकपा उम्मेदवार चौधरी र सिराहाका जसपा नेपालका उम्मेदवार यादव पक्राउ

२०८२ फागुन २०, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
पर्सा -२० फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर प्रहरीले नियमित सुरक्षा जाँचका क्रममा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीको चेक जाँचका क्रममा उनी सवार गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको जनाएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई सुरक्षा टोलिले घेराबन्दी गरिएको थियो ।

विस्तृत जानकारीको लागी प्रहरीसंग सम्पर्क गर्दा यसबारे थप अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछी पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। मौन अवधिका बेला मंगलबार राति यादवको साथबाट नगद रकमसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई गएराति करिब १२ः ३० बजे प्रहरीले शिवचोकमा संयुक्त चेकजाँचका लागी रोकेको र सोही क्रममा उनी सवार गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

रकम सहित पक्राउ परेका यादवसहितलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस