
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२६ फागुन ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक तर्फको एक करोड मत गणना गरिएको छ। सोमबार मध्यरातिसम्मको मतगनणा अनुसार एक करोड गणना हुँदा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ४८ लाख ११ हजार मत प्राप्त गरेको हो।
त्यस्तै विगतका निर्वाचनको तुलनामा लज्जास्पद हार बेहोरेको र यस निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख १८ हजार र तेस्रो स्थानमा रहेको नेकपा एमालेले १३ लाख ४८ हजार मत ल्याएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ३२ हजार मत प्राप्त गरेको छ भने हर्क साँङपाङको श्रम संस्कृति पार्टीले ३ लाख ४१ हजार मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख १५ हजार प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
यी छ पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड कटाउने पक्का भएसंगै उनीहरुमा आशा पलाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिकमा करिब १ करोड १० लाख मत खसेको थियो। अब १० लाख मात्रै मत गन्न बाँकी छ ।
घिमिरेका अनुसार आज मंगलबार बेलुकासम्म देशका सबै निर्वाचन क्षेत्रका मत गणना सकिने बताउनु भयो । प्रत्यक्षतर्फ भने १ सय ६५ रहेको सबै निर्वाचन क्षेत्रकै मतपरिणाम आइसकेको छ।








प्रतिक्रिया दिनुहोस