आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ फागुन २६, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ – २६ फागुन ।

हाल देशभर पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । साथै बाँकी भूभागमा आंशिक बादल लागेको जनाएको छ ।

मंगलबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

यसैगरी आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस