आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

सानीभेरी नदीमा दुई किशोरीको शव फेला, एक बेपत्ता

२०८२ फागुन २६, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
रुकुम पश्चिम- २६ फागुन ।

रुकुम पश्चिमको सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । ३ जना किशोरीहरु एकैसाथ गएकोमा एक जना किशोरी बेपत्ता भएकी छन् भने दुइजना मृत अवस्थामा फेला परेका हुन्। बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै उनीहरुको मृत शव फेला बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

मृतकहरु बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओली रहेको र उनीहरुको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनु भयो ।

बेपत्ता भएकी १२ वर्षीया किशोरी सपना ओलीको खोजी भइरहेको प्रहरीले छ । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो । उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।

अहिले घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको बताईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस