आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

“मेरो मुख्य लक्ष्य सुशासन र भ्रष्टचार मुक्त समाज निर्माण गर्ने : सांसद श्रेष्ठ

२०८२ फागुन २६, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) १७३७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२६ फागुन

धादिङ क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद बोध नारायण श्रेष्ठले सुशासन कायम गरी भ्रष्टचार मुक्त समाज निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भएको छ ।

नव निर्वाचित सांसद श्रेष्ठले विकास र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने आफ्नो आगामी मुख्य लक्ष्य रहेको धारणा राख्नु भएको हो। “कामको नाममा काम नभई – आफुले नतिजामखी” काम जनताको अपेक्षा अनुसार परिणाममुखी काम गर्न आफ् प्रत्बिद्द रहेको बताउनु भएको हो।

मंगलबार धादिङका सञ्चारकर्मीलाई धन्यवाद ग्यापन गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य सेवा सुधार, सुशासन प्रवद्र्धन तथा सरकारी सेवा प्रणालीमा आवश्यक सुधारलाई आफ्नो प्राथमिकता रहेको बताउनु भयो। जनताले विश्वासका साथ रास्वपा र आफुलाई दिएको जिम्मेवारीलाई परिणाममुखी बनाउनु पार्टी र आफ्नो जिम्मेवारी रहेको उहाँको भनाई छ ।

“जनताले विश्वास गरेर जिम्मेवारी दिनु भएको छ, अब काम गरेर परिणाम देखाउने समय आएको छ,” सांसद श्रेष्ठले भन्नुभयो, “हामीले विकासलाई कागजमा होइन, व्यवहारमा देखिने गरी अघि बढाउनु पर्ने मुख्य जिम्मेवारी छ।”

“स्वच्छ खानेपानी र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै” धादिङ अस्पतालको स्तरउन्नति गर्ने योजना रहेको जानकारी दिनु भयो। यस्तै अस्पतालमा आवश्यक भौतिक संरचना, आधुनिक उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन गरी जिल्लाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको साँसद श्रेष्ठको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस