आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

आजपनि महाकाली नदी किनारमा महिला मृत फेला

२०८२ फागुन २९, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बैतडी  -२९ फागुन ।

बैतडीमा आजपनि एक महिला मृत फेला परेकी छिन्। बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा एक जना महिला मृत अवस्थामा फेला परेकी हुन्।

मृतक भारत घर र बैतडीको दशरथचन्द नगरपालिका(८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनु भयो ।

उनको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताउनु भयो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस