आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

भारी वर्षा र हुरी चल्न सक्ने भएकोले सुरक्षित रहन प्राधिकरणको आग्रह

२०८२ चैत्र ५, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -५ चैत ।

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरी चल्न सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । बिहिबार प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित जोखिमबाट सतर्क रहन सचेत गराएको हो ।

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।त्यसैगरी दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हावा हुरी चल्न सक्ने अनुमान गरिएको छ ।

विभागले आगमी शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हावा हुरीले रूख ढल्ने,कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने भएकाले उक्त समयमा जोखिमबाट सतर्क रहन भनेको छ ।

विभागले सम्भावित क्षेत्रका समुदायलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत अनुरोध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस