
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ८ चैत ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।
अहिले कोशी र मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
यस्तै पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति पनि हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तथा तराई भूभागमा मौसम सफा रहनछ।
साथै आज कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।








प्रतिक्रिया दिनुहोस